नयाँ वर्षमा सिजीको उपहार योजना

काठमाडौ । नयाँ बर्षमा सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानमा १० वर्षसम्म वारेन्टी ५४ हजार दुई सयसम्मको बचत लगायत उपहार राखिएको छ । सिजीका एलइडी टिभी किन्दा ३ बर्षको वारेन्टी, आकर्षक छुट, मल्टिडोर र साइड बाइ साइड रेफ्रिजरेटर किन्दा १० बर्षको वारेन्टी र सिजी मिक्सर पाउन सकिन्छ । सिङगल डोर र डबल डोर रेफ्रिजरेटर किन्दा १० बर्षको वारेन्टी र आकर्षक छुट पाइनेछ ।

सोही ब्रान्डको फ्रन्ट लोड वासिङ मेशिनको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा सिजी मिक्सर पाइने छ । टप लोड तथा टुइन टब किन्दा १२ महिनाको वारेन्टी तथा सिजी आइरनका र आकर्षक छुट पाइने कम्पनीको भनाइ छ । यसैगरि सोकेस र चेस्ट फ्रिजरमा ६० महिनाको वारेन्टी र ट्रले तथा मल्टी मिडिया स्पिकरमा आकर्षक छुट र १२ महिनाको वारेन्टी पाउन सकिन्छ। डिसवासर किन्दा सिजी मिक्सर पाउन सकिन्छ ।
माइक्रो वोभनमा १२ महिनाको वारेन्टी, कुकिङ किट, आकर्षक छुट, एसीमा ६० महिनाको वारेन्टी, निःशुल्क जडान र छुट पाइनेछ । कम्पनीले मंगलबार देखी देशभरमा सिमित अवधिका लागि लागु गरेको बताएको हो ।

प्रतिक्रिया