सिटिजन्स बैंकका ग्राहकलाई छुट

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अलि वकबाव सुलतानेट रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेट सँगको यो सहकार्य पश्चात बैंकका कार्डबाहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।

बैकले मुलुकभर फैलिएका आफ्ना १ सय ९ शाखा, ९८ ए.टि.एम. र १ सय ७ वटा शाखा रहित बैंकिग ईकाईबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवा प्रदान गर्दै आएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्कयान र विथड्र सेवा, मोबाइल बैंकिगको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनि गरेको छ ।

यस प्रकारको सेवाबाट डिजिटल बैंकिग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ । व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरता काकार्यक्रमका साथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको विज्ञपितमा उल्लेख छ ।

प्रतिक्रिया