सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा छुट

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाबाट सेवालिंदा विशेष छुट पाउनेछन । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ ए.टि.एम. र १ सय ७ वटा शाखा रहित बैंकिग ईकाईबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवा प्रदान गर्दै आएको पनि जनाएको छ । बैकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनि गरेको छ ।
यस प्रकारको सेवाबाट डिजिटल बैंकिग सभ्यताको विकासमा टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणाली संग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानी योग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमका साथै सुलभ र सहजतवरले सहुलियतपूर्ण कर्जा प्रवाहगर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया