काठमाडौं । चर्चित गायक गायक रामकृष्ण ढकालको आवाजमा नयाँ गीत ‘उकालीको त्यो पल्लो डाडाँ’ को भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा खोटाङको रावा बेसी गाउँपालिका– १ कुभिण्डेको रमणिय दृश्यलाई कैद गर्दै माओवादी द्वन्दकालको घटनालाई चित्रण गरिएको छ ।
गीतकार साजन श्रेष्ठको शब्द तथा अशोक थापाको संगीत रहेको उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, राम कुमार बान्तावा, विशाल राई मनोज खालिङ लगायत अन्य कलाकारहरुको अभिनय गरेका छन् ।
कुमार गजुरेलको निर्देशन रहेको यस गितको भिडियोमा बाल मनोबिज्ञानमा आधारित माओवादी द्वन्दकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ । यस गितमा रामेश्वर हुमागाईको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ ।
प्रतिक्रिया