अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जिल्लाको सन्धिखर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ जिल्ला प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरीको भनाइ छ । जिप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया