फिल्म कृष्ण लीलाको ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक गरिएको छ । यहि चैत्र २७ गतेदेखि रिलिजको तयारीमा रहेको चलचित्र युनिटले प्रचारको क्रममा ट्रेलर सार्वजनिक गरेको हो । दीपक ओलीले निर्देशन गरेको चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र सस्पेन्स प्रस्तुत गरिएको छ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका शीर्ष कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई मुख्य स्पेस दिइएको छ । उनीहरुका साथमा चलचित्रका अन्य कलाकार रविन्द्र झा, वुद्धि तामाङ, नविन रेग्मी, भावना गुरुङ लगायतका कलाकारलाई पनि स्थान दिइएको छ ।

यो चलचित्रले कृष्ण र लीलाको प्रेममा आउने विभिन्न उतारचढाव प्रस्तुत गर्ने छ । पुष्पलाई उनका दर्शकले चलचित्रमा फरक रुपमा देख्न पाउने छन् । लक्ष्मण सुवेदीले लेखेको चलचित्रमा प्रकाशराज कार्की र केवल तामाङले लगानी गरेका हुन् । आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।

https://youtu.be/2FXRknJlmAc

प्रतिक्रिया