मर्स्याङ्दी नदीमा ट्रक खस्दा ३ जनाको मृत्यु, ५ घाइते

पोखरा । मनाङको नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ट्रक मर्स्याङ्दी नदीमा खस्दा ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् ।

ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटनामा परी नासों गाउँपालिका–४ ओडारका ३५ वर्षीया मनिषा गुरुङ, उनकी बहिनी २६ वर्षीया जलकाशी गुरुङ र मनिषाको छोरा अन्दाजी ६ वर्षीय लिउन गुरुङको मृत्यु भएको मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

प्रतिक्रिया