रंग‍-विविध

अन्जु र प्रमोदको स्वरमा ‘उडायो पछ्यौरी’ (भिडियो)

सौर्य अनलाइन २०७७ चैत ६ गते १३:२६ मा प्रकाशित

काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा रहेको ‘उडायो पछ्यौरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत र पुष्कर सुनुवारको संगीत संयोजन छ । भिडियोमा गरिमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् ।

रोमान्टिक भावको गीतको भिडियोमा सिरेन बरालको निर्देशन, सुबोल थापाको कोरियोग्राफी, दीपक गिरिको छायांकन तथा अमृत चापागाईंको सम्पादन छ । भिडियो बिके क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय