मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा पुल बन्दै

मुगु । मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बे्रलीबिज्र पुल बन्ने भएको छ । आठ वर्षअघि संघीय सरकारबाट निर्माणधिन पक्की पुलको निर्माण कार्य अलपत्र परेपछि स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले आगामी असार महिनाभित्रै सम्पन्न गर्ने गरि बेलीब्रिज बनाउन लागेको हो । ग्रामिण पहुँच कार्यक्रम (र्याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाँउपालिका देउलीसम्म सडक निर्माण गरिसकेको छ । तर, मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो ।

छायाँनाथ रारा नगरपालिका वडा नं ३ र १३ को संगम स्थानमा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले वेलिव्रिज राख्न लागेको स्थानमा बुधबार छायाँनाथ रारा नगरपालिकाका नगरप्र्रमुख हरिजंग शाहीले पुल र सडकबाट पुलसम्म पुग्ने सडकको शिलान्यास गरेका छन् । यो पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामिण पहुँच कार्याक्रम तेस्रो चरण (र्याप ३) को प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

वेलिव्रिज निर्माणका लागि जलब रवि चक्र जेवि निर्माण कम्पनीले नगरपालिकासँग सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख हरिजंग शाहीले आफूहरु २०७४ सालमा निर्वाचित भए यता सदरमुकाम र वडा नं १३, १४ अनि हुम्ला जोड्न पुल राख्ने प्रस्ताव भए पनि साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम होल्ड गरेका कारण प्रकृयामा जान कानूनी समस्या परेको बताए ।

कानूनी प्रकृया पुरा गरेर त्यो पुल नबनुन्जेलसम्म अस्थायी भए पनि नागरिकको सहजताका लागि वेलिव्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको नगरप्रम्रख शाीहीले बताए । ग्रामिण पहुँच कार्यक्रम (र्याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाँउपालिका देउलीसम्म जनताको सहभागीता मार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ ।

दुवै तिरको पुलसम्म पुग्ने सडक र पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोगसमेत गर्ने ग्रामिण पहुँच कार्यक्रमका टिम लिडर विष्णुराम विष्टले बताए । गमगढी–दर्के खोलासम्मको २६ किमी सडक प्रदेश सरकारलाई हस्तानतरण भैसकेको र आगामी ३ महिनाभित्र चंखेलीसम्मको सडक पनि हस्तान्तरणको चरणमा रहेको र सम्भवत छिटै देउलीसम्मको सडक सम्पन्न हुने उनले बताए ।

ट्रयाक खुल्ला भएको वर्ष दिनभन्दा बढी समय वितिसक्दा पनि नदिमा पुल नहुँदा कर्णाली नदी पारीका रुगा, थार्प, लुम, बाम, लह, लापु थार्प र हुम्ला जिल्लाका तल्लो भेगका स्थानियहरुले सडकको प्रयोग गर्न पाएका थिएनन् । सडक थियो सवारीसाधन थिएनन, सडक भएर पनि गाँउमा कोही विरामी हुँदा होस् या महिला प्रसव पीडामा पर्दा ३ घण्टा बोकेर जिल्ला अस्पताल मुगुमा पुर्याउन बाध्य थियो ।

पुल नहुँदा समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनु परेको थियो । ‘अब पुल बने हामी समयमै उपचार गर्न पाउने छौँ भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नवाली सदरमुकाम गमगढी र जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर विक्री गर्न सक्नेछौँ, अब प्राविधिक र पुल निर्माण कम्पनीले समयमै काम सम्पन्न गरोस् र सबैको दबाब होस्’, रुगा गाँउका स्थानिय बालकृष्ण लावडले भने ।

वडा नं १३ का वडाध्यक्ष चक्र बहादुर रावतले तत्कालिन जिल्ला विकास समितिले पक्की पुल बनाउन ठेक्का खोलेर सम्झौता गरेको ठेकेदारलाई काम सम्पन्न गर्न लगाउन सयाँै पटक अनुरोध गरे पनि कर्णाली पारीका जनताको माग कसैले सुनुवाई गरेनन् । यतीसम्म की कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि पुल निमाणर््ाका लागि निर्माण कम्पनीलाई दबाब दिँदा पनि ठेकेदारले टेरेनन् ।

संघीय सरकारको मातहतमा पर्ने यो पुल निर्माणका लागि कहीँ कतैबाट पहल नभए पनि स्थानिय सरकारका नाताले छायाँनाथ रारा नगरपालिकाले सुनुवाई गर्दा बल्ल ग्रामिण पहुँच कार्यक्रमको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा पुल बन्न लागेको बताइएको छ ।

मुगु कर्णालीमाथि वेलिव्रिज बनेमा नगरपालिकाका वडा बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाँउपालिका सम्मका जनतासम्म सडक पहुँच पुग्नेछ । ५ करोड २० लाख ५५ हजार ९०२ रुपैयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर रहने प्राविधिक रतन बहादुर खड्काले बताए ।

प्रतिक्रिया