प्युठानमा ५८ किलो अबैध श्रीखण्ड सहित एक ब्यक्ति पक्राउ

प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका ३ चकचकेबाट प्रहरीले अवैध श्रीखण्डको काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ५८ किलो १३ ग्राम अवैध श्रीखण्डको काठ सहित प्यूठान नगरपालिका वडा नं २ क्वाडीका ललित पाण्डे पक्राउ परेका प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए । प्रहरीका अनुसार ठूलावेशीबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख १२०० नं को बसमा अबैध काठ लैजाँदै गर्दा पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा चकचके विटबाट खटिएको प्रहरी र इलाका वन कार्यालयका सहायक वन अधिकृत नविन कुमार यादवको संयुक्त टोलीले खान तलासीको क्रममा अवैध काठ फेला परेको प्रहरीले बताएको छ ।

१७४ केजीको छुट पुर्जि भएपनि ५८ किलो १३ ग्राम श्रीखण्ड काठ अवैध रहेको सहायक वन अधिकृत नविनकुमार यादवले जानकारी दिए । अबैध श्रीखण्ड काठ प्रहरीले नियन्त्रण लिएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया