‘अञ्जु रानी मञ्जु रानी’ मा श्रीदेव फरक गेटअपमा

काठमाडौं । गायक राज सागरको एकल आवाजमा रहेको गीत ‘अञ्जु रानी मञ्जु रानी’ को भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो मोडल अञ्जु निरौलाको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

रुपक बनवासीको शब्द रहेको गीतमा गायक सागरले नै संगीत भरेका हुन् भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । त्यस्तै, उक्त गीतको भिडियोमा नायिका अञ्जु निरौला, मञ्जिता केसी र नायक श्रीदेव भट्टराईले अभिनय गरेका छन् ।

सो भिडियोमा नायक भट्टराई फरक गेटअपमा देखिएका छन् । नायक भट्टराई दुई नायिकाको बिचमा फरक भूमिकामा देखिएका हुन् । साथै, उक्त भिडियोमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायांकन रहेको छ ।

प्रतिक्रिया