राम्रो कथा र दर्शक नै सफलताको श्रेयः खकुरेल

जनकराज खकुरेल

काठमाडौं । २०३९ सालमा काभ्रेको नमोबुद्धमा जन्मिएका जनकराज खकुरेल नेपाली चलचित्रका सफल निर्देशकका रुपमा चिनिन्छन् । हरिप्रसाद खकुरेल र गीता खकुरेलका सुपुत्र अहिले चलचित्र क्षेत्रमा सक्रिय छन् । उनीसँग नेपाली, भोजपुरी, बलिउड र हलिउड चलचित्रमा काम गरेको अनुभव छ । उनै खकुरेलसँग गरिएको छोटो कुराकानीः–

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

म अहिले एउटा सामाजिक विषय रहेको फिल्मको स्क्रिप्टमा व्यस्त छु ।

नयाँ चलचित्रको कथा कस्तो छ ?
फिल्मले बत्ति मुनीको अँध्यारोलाई उज्यालो बनाउने र संसारभर रहेका गरिबीको जीवन चित्रण गर्दछ ।

राम्रो विषयवस्तु उठाउनु भएछ त ?
सबैले बलेको आगो नै ताप्छन् । तर आगो बालेर तातो बनाउने कमै हुन्छन् । मेरो मतलब धेरैले सफल विषयवस्तु नै रोज्छन्, तर असफललाई सफल बनाउने आँट कमैले गर्छन् ।

त्यसो भए तपाईंले आफूलाई सफल मान्नुहुन्छ ?
म आफूले आफूलाई तपाईं भन्दिनँ । मलाई तपाईं भन्ने वातावरण मेरा दर्शकले सिर्जना गरिदिनुहुन्छ ।

फिल्ममा सफल निर्देशक बन्नुको श्रेय कसलाई दिनुहुन्छ ?
मलाई सर्वाधिक सफल बनाउने श्रेय राम्रो कथावस्तु र मेरा दर्शक नै हुन् ।

तपाईं महँगो पारिश्रमिक लिनुहुन्छ । तपाईंलाई निर्माताले कसरी लिन आँट गर्छन् ?
म पनि मान्छै नै हुँ । मसँग डराउनुपर्दैन । म मिहिनेत गर्छु, सानोभन्दा सानो विषयमा गहन अध्ययन गर्छु र कथालाई पूर्ण चित्रण गर्ने प्रयास गर्छु । बजार व्यवस्थापनमा पनि मेरा फिल्म अब्बल छन् ।

प्रतिक्रिया