साढे दुई किलो यूरेनियमसहित चारजना पक्राउ

काठमाडौं । साढे दुई किलो यूरेनियमसहित चारजना पक्राउ परेका छन् । काठमाडौं प्रहरीले बौद्धबाट साढे दुई किलो यूरेनियमसहित जनालाई पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले बिहीबार एक महिलासहित चार जनालाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी– ५ घरभई काठमाडौं बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, सोही ठाउँका ४० वर्षीय जानुका तामाङ, रामेछाप बागजोर–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन् ।

यूरेनियमको अवैध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया