अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा प्रहरी सम्मानित

विराटनगर । कोभिड–१९ को महामारी नियन्त्रण रोकथाममा अंग्रपंक्तिमा खटेर उत्कृष्ट कार्यगर्ने १३ जना स्वास्थ्यकर्मीलाई सोमबार प्रदेश–१ सरकारले सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिला चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीलाई विराटनगरमा प्रदेस सरकारले सम्मान गरेको हो ।

मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल प्रयोगशालामा अहोरात्र कोभिड नियन्त्रण रोकथाममा खटिने ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरीलाई सम्मान गरिएको हो । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै उनले महिलाहरू नाकमा फूली मात्र होइन काँधमा पूmली लगाएर अहोरात्र खटेकै कारण कोभिड रोकथाम नियन्त्रण सफल भएको बताए । महिलाहरूको त्याग र बलिदान दिने कार्यमा सधै अगाडि हुनाले मुलुकमा स्वतन्त्रता र निरंकुशताको अन्त्य भएको चर्चा गर्दै इमानदारी, अनुशासन, संस्कार र संस्कृति कायम राख्ने कार्यमा महत्वपूर्ण योगदान रहेको समेत उनले चर्चा गरे ।

प्रदेश प्रमुख अधिकारीले वर्तमान राष्ट्रपति महिला संघको नेतृत्वकालमा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व गराएको चर्चा गर्दैे संविधानमा भए बजोजिमको अधिकार महिलाहरूले पाउनुपर्छ भने । कार्यक्रममा सामाजिक विकास मन्त्रीसमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जुन क्षेत्रमा महिला नेतृत्वमा रहेको छ त्यस क्षेत्रको व्यवस्थापन विगतको तुलनामा उत्कृष्ट रहेको चर्चा गरे । दिवसको अवसरमा यसअघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया