चावहिल तरकारी फलफुल बजारको सुरुवात

काठमाडौ । आधुनिक कृषि बजारका अध्यक्ष रबिन्द्र ज्वारचनको अध्यक्षतामा, चाबहिल तरकारी तथा फलफूल होलसेल कृषि बजारको सुरुवात गरिएको छ । उक्त कार्यक्रमको उदघाटन माइती नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनुराधा कोइरालाले गरेकी हुन ।

कृषि बजारमा रहेको २ सय ५० स्टल मार्फत अर्गानिक तरकारी तथा फलफूल सुपथ मूल्यमा उपलब्ध गराइने भएको छ । मुख्यतया बजारको उदेश्य भनेको सबै उपभोक्तालाई उचित मूल्यमा सबै प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराउनु रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया