नविल इन्भेष्टमेन्टको वार्षिक शुल्कमा छुट

काठमाडौ । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई लक्षित गरी प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण छुट दिने जनाएको छ । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताले यो सूबिधा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न व्यवसायमा रहेका व्यवसायि तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्ने लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिने पनि बिज्ञप्तिमा उल्लेख छ । विगत बर्षको दिनमा कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरेको भन्दै निश्चित बार्षिक शुल्कका साथ सेवा शुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया