आईपिएलकाे १५औं संस्करणको तालिका सार्वजनिक

काठमाडौं । इन्डियन प्रियिमर लिग (आईपिएल)को १५औं संस्करणको तालिका सर्वाजनिक भएको छ। आईपिएल गवर्निङ काउन्सिलले आइतबार आईपिएलको तालिका सर्वाजनिक गरेको हो । १५औं संस्करणको आईपिएल भारतका ५ शहरमा हुने छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बिसिसिआई०ले प्रतियोगिता अहमदावाद, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा आयोजना हुने जनाएको छ ।

९ अप्रिलमा सुरु हुने आईपिएलको १५औं संस्करण १० मेमा सकिने छ। प्रतियोगिताको उद्घाटन खेल चेन्नईमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डिस र रोयल च्यालेन्र्स बैंग्लोरबीच हुने छ । आईपिएलको लिग चरणमा हरेक टिमले चार मैदानमा प्रतिस्पर्धा गर्ने छन् । यो पटक कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन् । सबै खेल न्युट्रल भेन्यूमा हुने छ। लिग चरणका ५६ खेलमध्ये चेन्नई, मुम्बई, दिल्ली र कोलकातामा १०–१० खेल हुने छन् भने बाँकी ८ खेल विश्वको सबैभन्दा ठूलो रंगशाला अहदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुने छ। प्लेअफ र फाइलन अहमदावादमै हुनेछ।

एक महिनासम्म चल्ने प्रतियोगितामा ११ दिन दुई खेल हुनेछ भने बाँकी दिन एक खेल मात्र हुने छन्। पहिलो खेल दिउँसो ३ः४५ मा सुरु हुने छ भने दोस्रो खेल ७ः४५ मा हुने छ । एउटा मात्र खेल भएको दिन खेल ७ः४५ मा हुने छ।

प्रतिक्रिया