चर्चामा ‘सुनसान मन’

काठमाडौं । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ ले अहिले दर्शक तथा स्रोताको चर्चा बटुल्न सफल भएको छ । राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत रहेको गीतले दिनप्रतिदिन चर्चा कमाउँदै गएको गायिका शाक्यले बताइन् । उक्त गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय छ । फरक शैलीमा गीतको भिडियोमा केकीको अभिनय रहेको छ ।

कोरोनाको कहरमा अग्रपंक्तिमा रहेर काम गरेका स्वस्थ्यकर्मीको विषयलाई गीतको भिडियोमा देखाइएको छ । भिडियो निर्माण चलचित्र निर्देशक मदन घिमिरेले गरेका हुन् । भिडियोमा अभिनेत्री केकी अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको जिम्मेवारीमा प्रस्तुत भएकी छन् । गीतकार, चलचित्र निर्मातासमेत रहेका घिमिरे उद्योग वाणिज्य महासंघका सदस्य पनि हुन् । काठमाडौं, धुलिखेल, दोलालघाट लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा रामेश्वर हुमागाईं छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

निर्देशक घिमिरेले गीतको भिडियोमा कोरोना महामारीको समयमा जिम्मेवारी निर्वाह गर्दै फिल्डमा खटिएका स्वास्थ्यकर्मीका विभिन्न पक्षलाई अभिनेत्री केकीको अभिनयमार्फत बुझाउने प्रयास गरेको बताए । उनले भने, ‘गीतको भिडियो निर्माणमा धेरै मिहिनेत भएको थियो । अहिले चर्चा पाएको देख्दा खुसी लाग्यो ।’

प्रतिक्रिया