दोहोरिँदै आर्यन र उपासना

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको जोडीलाई लिएर नृत्य निर्देशक कविराज गहतराजले चलचित्र बनाउने तयारी गरेका छन् । कविराजले यो जोडीलाई चलचित्र ’मिरर’ मा दोहो¥याउन लागेका हुन् । उनीहरु अहिले चलचित्र ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रको ७० प्रतिशत छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । कविराजले अभिनेता आर्यनसँग सम्झौता गरिसकेका छन् भने अभिनेत्री उपासनासँग मौखिक कुराकानी भएको छ । वैशाखबाट छायांकन सुरु गरिने यो चलचित्रको विषयवस्तु बारेमा निर्माण पक्षले केही बताएको छैन ।

प्रतिक्रिया