सौन्दर्य क्षेत्रमा परिचित गीता

काठमाडौं । सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय गीता शाह अग्रणी महिलाका रुपमा परिचित छन् । मेकअप आर्टिष्टका रुपमा उनले थुप्रै प्रशिक्षकलाई प्रशिक्षण पनि दिइरहेकी छन् । यससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएर यो क्षेत्रमा आएकी उनी नेपालमा हुने विभिन्न सौन्दर्य प्रतियोगिताका निर्णायकका रुपमा समेत काम गर्दै आएकी छन् । सामाजिक कार्यमा पनि आफूलाई अग्रस्थानमा राख्दै आएकी छन् । आकर्षक वा राम्रो देखिने मनोविज्ञानले नै सौन्दर्य प्रशाधनको बजारलाई चलायमान बनाइदिएको छ । समुचित ढंगले यी प्रशाधन प्रयोग गर्दा त्यसले सकारात्मक नतिजा दिनसक्छ । गीता जथाभावी गरिने प्रयोगले आकर्षक होइन, कुरुप हुने भय हुन्छ भन्ने हुने गीता नेपाल सरकारको शिक्षा मन्त्रालय मातहत रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सञ्चालित सौन्दर्य कला विषयमा बेसिक तथा एडभान्स कोर्षमा डिप्लोमा हासिल गरेपछि यो क्षेत्रमा होमिएकी हुन् । यस्तै निजी क्षेत्रबाट सञ्चालित तालिम केन्द्रबाट पनि मेकअपसम्बन्धी थप अध्ययन स्पेसल एडभान्स कोर्षमा विशेष तालिम लिएकी छन् । उनले सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिलपछि यो क्षेत्रमा आफ्ना सिकाइ फैलाउँदै लगेको सुनाइन् ।

सौन्दर्य कला प्रशिक्षण तथा तालिम केन्द्र शृंगार घरमा मेकअप आर्ट विषयमा वरिष्ठ प्रशिक्षकका रुपमा उनी रहेकी छन् । शृंगार घरले सौन्दर्य कलासम्बन्धी बेसिक, एडभान्स र स्पेशल कोर्षको तालिम सञ्चालन गर्दै आइरहेको छ । साथै नेपाल सरकारले नारीलाई स्वरोजगार बनाइ वित्तीय आत्मनिर्भर बनाउने उद्देश्यका साथ शिक्षा मन्त्रालयअन्तर्गत सिटिइभिटीमार्फत नियमित सञ्चालन गर्ने सौन्दर्य कला मेकअप आर्टसम्बन्धी बेसिक र एडभान्स लेभलका विभिन्न कोर्षको तालिम तथा प्रशिक्षण सञ्चालन गरेको छ । यसमा गीता वरिष्ठ प्रशिक्षकका रुपमा रहेर प्रशिक्षण दिइरहेकी छन् । राजधानीमा मात्र होइन राजधानी बाहिर हुने सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिका देखिने गीता अन्य विभिन्न क्षेत्रमा पनि कलाकारको कथावस्तु र कथा परिवेशले कल्पना गरे अनुरुप आवश्यक सुहाँउदो मेकअप संयोजन गर्ने जनाइन् । उनले भनिन्, ‘सौन्दर्य क्षेत्रमा रहेर मैले कमाएको नाम र दामभन्दा पनि मलाई सन्तुष्टि मिल्ने क्षेत्र भनेको समाज सेवा हो ।’ समाजसेवामार्फत उनले धेरै व्यक्तिलाई प्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएको बताइन् । उनले भनिन्, ‘यस्ता कार्यले छुट्टै आनन्द प्राप्त हुन्छ । लामो समयदेखि यस क्षेत्रमा रहेर आफ्ना कार्यले चर्चा बटुलिरहँदा ‘हिड्नेहरू मात्रै गन्तव्यमा पुग्छन् । थाक्नेहरू चौतारीमै निदाउँछन् । जीवन हिड्नकै लागि हो । बिसाउनको लागि होइन, हिँँड्दै जाउँ सफलता अवश्य प्राप्त हुन्छ ।’ आफूले कहिल्यै पनि मानसम्मान र पुरस्कारका लागि काम नगरेको बताउने गीताका कार्यले उत्कृष्टता हासिल गर्दै जाँदा सम्मान तथा पुरस्कार प्राप्त भएका छन् । ती सबैले अझ उत्कृष्टता प्रस्तुत गर्नका लागि प्रेरणा प्रदान गर्ने गरेको उनी बताउँछिन् । ‘सिर्जना र जीवन परिपूरक छन्’ भन्ने गीताले सिर्जनशक्तिमा नै मानिसले आनन्द अनुभूत गर्ने जिकिर गरिन् । नेपालमा पछिल्लो समय सौन्दर्य चेत एकदमै राम्रो भएको बताउने उनी सौन्दर्य क्षेत्रमा राम्रो सिर्जनात्मक क्षमता भएमा अग्रजदेखि अनुजसँग सहकार्य गर्न मनपराउँछिन् । अग्रजको अनुभव र अनुजको उर्जालाई जोडेर अगाडि बढेमा सौन्दर्य क्षेत्र अझैँ राम्रो हुने बताउँदै उनले सम्पूर्ण सौन्दर्यकर्मी मिलेर नेपाली सौन्दर्यलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘नेपाली सौन्दर्यको परिचय विश्वमै फरक र विशिष्ट हुनसक्छ । सौन्दर्य कम केवल सुन्दर देखिने कार्यमात्र नभएर यो त सिर्जनात्मक कार्य पनि हो । यसले मानिसको व्यक्तित्वलाई नियाल्न र चिन्नलाई मद्दतसमेत गर्दछ ।’

साधारणतयः अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई मेकअप बुझिने गरेको भए पनि यतिमा मात्र यो सीमित नरहेर यसको क्षेत्र व्यापक र विस्तार रहेको गीताको बुझाइ छ । उनले भनिन्, ‘सुन्दर हुने चाहना राख्नु एक सामाजिक मनोविज्ञान हो ।’ यो स्वतः हरेकको मनभित्र हुर्कन्छ । जोकोहीलाई लाग्छ, कसरी म राम्रो देखिन्छु ? ‘तर, यसो गर्दा हामीले प्रयोग गर्ने सामग्रीमा विशेष ध्यान पु¥याउन जरुरी छ ।’ आकर्षक वा राम्रो देखिने मनोविज्ञानले नै सौन्दर्य प्रसाधनको बजारलाई चलायमान बनाइदिएको छ । समुचित ढंगले यी प्रसाधन प्रयोग गर्दा त्यसले सकारात्मक नतिजा दिनसक्छ । तर, जथाभावी गरिने प्रयोगले आकर्षक होइन, कुरुप हुने भय हुन्छ । दैनिक जीवनमा यस्ता मेकअपको प्रयोगले अनुहारमा पिम्पल्सलगायत चायाँ, पोतो जस्ता छालासम्बन्धी विभिन्न समस्या निम्त्याउने गर्छ । मुख्यतयः हामीले प्रयोग गर्ने सामग्रीमा विशेष ध्यान पु¥याउनुपर्छ । जस्तो पायो त्यस्तो सामग्रीको प्रयोगले फाइदाभन्दा नोक्सान पु¥याउँछ । यसबाट बच्नका लागि रसायनरहित क्रिमको उपयोग जरुरी रहेको गीताको सुझाव छ । नेपाली सौन्दर्य क्षेत्रमा परिचित गीताको कर्मले अझ उचाइ चुम्ने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया