कीर्तिपुरमा सानिमा बैंक

काठमाडौ । सानिमा बैंक लिमिटेडले कीर्तिपुरको पांगा दोबाटोमा बैंकीग कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।उक्त कार्यालयको उदघाटन ्ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन ।

उद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिएको पनि बैकले जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । बैंकको सातै प्रदेशमाहाल ८६ वटा शाखा, १७विस्तारित काउन्टरर ९३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया