एनएमबिका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट

काठमाडौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवामा १० प्रतिसशत सम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी भएको छ । अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग भर्नामा ७ प्रतिशत छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिग रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी बैंकको वेवसाईटबाट पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ । बैकको हाल देशभरी १ सय ८० शाखा, १ सय ३६ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया