एन आई सी एशियाद्वारा १० लाख बिमा भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले ल्याएको सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकको तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ ा खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ वर्षिय केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।

निजलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । उत्तरदायी बैंकिगको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैया सँगै विभिन्न निःशुल्क सुविधा समेत उपलब्ध गराउदै आएको बेकले जनाएको छ ।

बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३ सय ९५ जना भन्दा बढी ग्राहकले बिमा वापत २ करोड ४८ लाख रुपैया भन्दा बढी रकम प्राप्त गरिसकेका छन । यस किसिमका बिमा सहितको बचत योजनाबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया