‘नौ लाख किराँत’ र १२औँ जनगणना

निनाम कुलुङ ‘मंगले’

किराँतीहरूको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राजवंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जिपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए ।

विश्वका विभिन्न सभ्यताहरूमध्ये एक हो, ‘किराँत सभ्यता’ । विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक मानिन्छ ‘किराँत सभ्यता’लाई । किराँत/किराँतीहरू ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भूभाग (दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसिया) मा किराँतहरू रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किराँतहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ छ । किराँतीहरूको ऐतिहासिकता तथा चर्चापरिर्चा संस्कृत साहित्यहरू जस्तै अथर्ववेद, वाल्मीकि रामायण र महाभारतहरूमा (किराँती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किराँत जातिको उल्लेख पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, लोककला, चित्रकलाहरूमा पनि किराँत र किराँतीहरूका बारेमा चित्रित गरिएको पाइन्छ ।

किराँतीहरूको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राजवंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जिपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाहरूले (काठमाडौं उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किराँतीहरूले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भूभागहरूमा नै पनि किराँतहरूको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएका किराँतीहरू पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहे । हुँदाहुँदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश, अभैm पनि किराँत प्रदेश नाम रहने संभावना नदेखिएको !) को सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रुपमा किराँती भनी चिनाउँने जातिहरू बाँकी रहेका छन् । उनीहरू पनि नेपालको भगौलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएको हुँदा असली किराँती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संकटका परेका किराँतीहरूमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । जस्तै कुलुङ लगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राईकरण’को मारमा परेको देखिन्छ । तर, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, सुनुवार र याक्खा आदिले भने आप्mनो नामको पछाडि जातमा (खासमा विश्वका कुनै पनि आदिवासी जनजातिहरू ‘जात’ नभएर ‘जाति’ हुनुपर्ने हो) ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका छन् । महत्वपूर्ण कुरो के छ भने, माथिका तीनवटै जातिका कुनै व्यक्तिले झुक्किएर वा जानाजान आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेखीहाले तापनि उनीहरूलाई समस्या छैन । किनभने, उनीहरू आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजाति भनी सूचीकृत भइसकेका छन् । स्मरणीय छ, सो सूचीमा हाल ५९ जातिहरू सूचीकृत छन् । हुन पनि आदिवासी जनजाति सूचीमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजाति र अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान पनि स्थापित नहुने भएकोले गर्दा कुलुङ समुदायका अगुवाहरूले ‘प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुन’का लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री/राज्यमन्त्री कहाँ जाने र सूचीकरणका लागि अनुरोध गर्ने कामहरू धेरैपटक गरे । तापनि हालसम्म कुलुङ जाति जाति अलग्गै जातिका रूपमा सूचीकृत हुन सकेको छैन ।

त्यसो त किराँत र किराँतीबारे पिर्ता–पूर्खा, पूर्वजहरूले पनि मौखिक रूपमा भनी आएका कुराहरू र इतिहासकारहरूले लेखेका किताब एवं केही लिखित दस्तावेजहरूले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किराँतीहरू आजको भारत, बंगलादेश, नेपाल, चीन, भियतनाम, बर्मा, थाइल्यान्डका भू–भागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किराँतीहरको ठूलो योगदान रहेको छ । तर, उनीहरूको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किराँतः इन एनसियन्ट इन्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थहरूमा समेत किराँतीहरूको उल्लेख हुनुबाट पनि किराँती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउंँछ । हाम्रा पूर्वज (बुढापाका) हरूले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरूले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारू, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किराँतका हाँगाहरू हुन् ।

त्यसो त जनकलाल शर्माले किराँतहरूका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन्, ‘हड्सन महोदयका अनुसार किराँतीहरूको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरूको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्, ‘यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।’ यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरूको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाईएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरूको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको संख्या नौ लाख अनुमान गरिएको हओस् । ंयस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’

तर, अब ‘नौ लाख किराँत’ मिथक र इतिहासमा मात्रै सीमित हँुदै जाने त होइन ? भन्ने प्रश्न गम्भीर रूपमा उठ्दै गएको छ । जबकि इतिहास हेर्दा नेपालको भगौलिक एकीकण ताका नै ‘नौ लाख किराँत’ भनी उल्लेख भएको किराँतीहरूको जनसंख्या आजसम्म पनि १२ लाख १५ हजार चानचुन (हायु, जिरेल, थामी, लिम्बु, कुलुङ, सुनुवार, धिमाल, ‘राई !’) मात्रै रहेको देखिन्छ । स्रोतः २०६८ को ११औं राष्ट्रिय जनगणना । जबकि विसं १९५२ मा पहिलोपटक आधुनिक तरिकाले जनगणना गरिएको मानिन्छ । त्यो वेला नेपालको जनसंंख्या ५२ लाख रहेको भन्ने भनाइ छ । त्यसैले लगभग एक सय २३/२४ वर्षअघि नै ‘नौ लाख किराँत’ भनी चिनिएका किराँतीहरू अहिलेसम्म पनि कसरी १२ लाख १५ हजार चानचुनमा सीमित रहे ? यस विषयमा नेपालका मानवशास्त्री, समाजशास्त्रीहरूका साथै किराँतजन्य संघ–संस्थाहरूले पनि गम्भीर भएर खोजीनीति गर्नुपर्ने हो कि ? अनि आगामी १२औँ राष्ट्रिय जनगणना (विसं २०७८ मा हुने) मा आपूmलाई किराँत वा किराँती भनी गर्वका साथ चिनाउने जातिहरूको जनसंख्या के होला ?, घट्ला कि बढ्ला ? भन्ने पनि ठूलो जिज्ञासा रहेको छ ।

प्रतिक्रिया