महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंक

काठमाडौ । लक्ष्मी बैंकले महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा शाखा विस्तार गरेको छ । यो बैंकको १२७औँ शाखा हो । सो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सबै रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यो शाखासहित बैंकको संजाल ४८ जिल्लामा १ सय २७ शाखा, ६ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १ सय ५६ एटिएम, २ हजार ५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रूपमा सेवा विस्तार गर्दै आएको छ । शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया