सर्वोच्चको फैसलाले संविधानवादको जित भएको छ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनता र संविधानवादको जीत भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताएका छन् । पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षा मात्रै नभई विकास र सम्मृद्धि गर्नुका साथै कार्यान्वयन गर्नका लागि आधार खडा गरेको उनको भनाइ छ ।

प्रतिक्रिया