शाओमीको सर्भिस सेन्टर

काठमाडौं । शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा नयाँ आधिकारिक सर्भिस सेन्टर सुरु गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा संचालनमा ल्याइएको हो ।शाओमीका अन्य सर्भिस सेन्टर पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा अवस्थीत छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयास प्रदर्शन गरिरहेको छ । सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीका अनुसार शाओमी सबैलाई नवीनतम प्रविधिको पहुँच पु¥याउन केन्द्रित रहेको छ । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ रहेको र बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा नवीनतम उपायको उत्तम कार्यान्वयन गर्न सहयोग पु¥याएको उल्लेख छ ।

यी सर्भिस सेन्टर संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टर्न आराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनिय गिरावटले नेपालमामी फ्यानप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको पनि कम्पनीले जनाएको छ । सर्भिस सेन्टर उदघटानको अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादमा फ्री सर्विस क्याम्प ,वारेन्टी कार्ड भएन भएका सबैका लागि एक साता सम्म प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया