राजनीतिक स्थायित्वका लागि निर्वाचन अपरिहार्य

विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थायीत्व र मुुलुुकको समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् । प्रेस संगठन नेपाल प्रदेश–१ को भेलालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले आगामी वैशाखमा हुुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी सुरु गरिसकेको र राजनीतिक दलहरू पनि कुनै न कुनै रूपमा निर्वाचनको तयारीमा जुटि सकेको बताए । मुुख्यमन्त्री राईले स्थायी शान्ति सुुशासन र विकास हाम्रै लक्ष्य हो भन्दै तोकिएकै मितिमा निर्वाचन हुुने दाबी गरे । प्रचण्ड र माधव नेपाललाई देश र जनताभन्दा पनि कुुर्सीको चिन्ता रहेको उल्लेख गर्दै पत्रकारहरूले यस्ता कुुरालाई सञ्चार माध्यमबाट जनतासामुु प्रष्ट रूपमा पुर्याउनुपर्नेमा उनले जोड दिए । सबै प्रकारका गलत प्रवृत्तिको अन्त्य गर्न आपूmहरू लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रदेश–१ का आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले निर्वाचन सरकारको वाध्यात्मक कदम भएको भन्दै निर्वाचनमा अवरोध पुर्याउने कुुरा जनतालाई स्वीकार्य नहुने बताए । कार्यक्रममा नेकपा प्रदेश–१ प्रमुुख सचेतक वुद्धिकुमार राजभण्डारी, प्रेस संगठन नेपालका इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतम, पत्रकार महासंघका पूर्वसभापती डा. महेन्द्र विष्ट, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुुइटेल प्रेस संगठनका प्रदेश संयोजक गणेश पोखरेल लगायतले पत्रकारको हकहितको विषयमा बोलेका थिए । भेलामा वरिष्ठ पत्रकार एवं साविक प्रेस चौतारीका महासचिव प्रमोद दाहाललगायत प्रदेश–१ का १४ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया