अनेरास्ववियू सिन्धुलीको जिल्ला भेला सम्पन्न

सिन्धुली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको जिल्ला भेला सम्पन्न भएको छ । आज अनेरास्वयू सिन्धुलीले सिन्धुलीमाढीमा जिल्ला भेला गरेको हो । अनेरास्वयू जिल्ला संयोजक गोकण भुजेलको अध्यक्षता तथा अनेरास्वयू केन्द्रीय कमिटिका सदस्य समिक बडालको प्रमख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै अनेरास्वयू केन्द्रीय कमिटिका सदस्य समिक बडालले प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले समृद्ध नेपाल खुसी नेपाली अभियान सुरु गरिएको भन्दै सरकारको कामको प्रशंसा गरे ।

सरकारले गरेका राम्रा कामलाई जनताको विचमा लाग्नका लागि अनेरास्वयूका विद्यार्थीले कन्जुराई नगर्न उनले आग्रह गरे । आम रुपमा बैशाख १७ र २७ गतेको निवार्चन सफल बनाउन अनेरास्वयू केन्द्रीय कमिटिले योजना बनाई काम गरिहेको उनले जानकारी दिए। भेलाले नयाँ नेतृत्व चयन गरेको छ । कृष्ण मोक्तान संयोजकमा उपाध्यक्षमा यतीराज तिमिल्सिना, दुर्गा भुजेल, सचीवमा सन्तोष कार्की, सहसचिवमा सरोज थापा, शंकर ढुंगाना , प्रशान्त लुङ्गेली, अजय तामाङ, किरण कार्की र लोकेन्द्र बोगटी चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा पार्वती दाहाल सहित ९९ जिल्ला कमिटी घोषणा गरेको छ । कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य उमा कोइराला, विसमलाल अधिकारी दनुवार ,नेकपाका जिल्ल्ला अध्यक्ष पदिप कटुवाल,बागमती प्रदेससभाका सदस्य विनोल खड्का लगाएत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया