मुगु । छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको हो । शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै भाग जलिसकेको छ ।
कामको शिलशिलामा वनमा गएकाहरुले आगो तापेर आगो न निभाई हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्रमा प्रवेश गरेर २ सय हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको ४ नं वडाकाध्यक्ष विष्णु कुमार भामले बताए ।
उनले आगो कस्ले लगाएको भन्नेबारे पत्ता नलागेको र आगलागीको कारण आगो ताप्न सल्काएर तापेका र आगो न निभाई जाने गरेका व्यक्तिको लापरवाहीका कारण लागेको बताए । आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । तर, पारिवन सामुदायिक वनले खोजीकार्य गर्दै अनुसन्धान गरीरहेको अध्यक्ष भामले बताए ।
आगलागीबाट सयौँ रोपनी पारिवन सामुदायिक वन जलेर नष्ट भएको छ । अप्ठेरो भीर भएको र सल्ला तथा अन्य पत्कर झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायि वन उपभोक्ता समितिका अध्यक्ष झिम बहादुर भण्डारीले बताए ।
आगलागीका कारण करीब २ करौडभन्दा बढीको क्षेति भएको छ । वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको स्थानीयको भनाई छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रणका लागी शुक्रबारदेखि वडा अध्यक्ष भाम र छायाँनाथ रारा नगरपालिकाका वडा नं ४ भामवाडाका प्रत्येक घरका १५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टापछि आगो नियन्त्रणमा ल्याउन सफल भएका छन् ।
प्रत्येक घरका स्थानीय आगो निभाउन शुक्रबारदेखि जंगलमै बास बसेर आगो नियन्त्रणमा ल्याउन सफल भएको स्थानीयको भनाई छ । यदि जंगलको बास नगरी आगो नियन्त्रणमा सक्रिय नभएको भए आगो नियन्त्रण बाहीर गएर पारिवन सामुदायिक वन पुरै आगलागी भएर अन्य स्थानका वनमा पनि आगलागी हुन सक्ने स्थानीय बताउँछन् ।
प्रतिक्रिया