स्थानीय शिक्षकको दबावमा बाहिरका शिक्षकलाई जवरजस्ती सरुवाको चलखेल

मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिकाको वडा नं १० धैनको जगतमाला माध्यामिक विद्यालयमा कार्यरत एक जना शिक्षकलाई सरुवाको चलखेल भएको छ । स्थानीय शिक्षकले सो बिद्यालयमा आउने दवाव दिएपछि बाहिर जिल्लाका शिक्षक बसन्तराज कंडेललाई जवरजस्ती सरुवा गराउन बिद्यालय ब्याबस्थापन समिति देखि सोरु गाउँपालिका शिक्षा समन्वय शाखा लागी परेका छन । २०६४ साल देखि जगतमाला माध्यामिक विद्यालय धैनमा कार्यरत बर्दिया जिल्ला घर भएका शिक्षक वसन्तराज कँडेललाई खत्याड गाउँपालिकाको पञ्चदर्यो माध्यामिक बिद्यालयमा सरुवा गर्न खोजिएको र सो विद्यालयमा कार्यरत स्थानीय शिक्षक नरजित मल्ललाई धैनमा ल्याउन खोजिएको जनाइएको छ ।

सरुवा हुनको लागि दुवैजनाको समन्वय सहकार्यमा हुने भएको भए पनि एकजना स्थानीय शिक्षकको दबावमा बिद्याय ब्याबस्थापन देखि बिद्यालय प्रशासन र सोरु गाउँपालिकाको शिक्षा शाखाले शिक्षा ऐन र नियमावली विपरित सरुवा गर्न खोजेका शिक्षक बसन्तराज कंडेलले बताए । उनका अनुसार आफुलाई ईच्छा विपरित जवरजस्ती सरुवा गराउनको लागि बिद्यालय ब्याबस्थापन समितिले सरुवाको निर्णय गरी सोरु गाउँपालीकाको शिक्षा शाखामा फाईल अगाडी बढएको र सोरु गाउँपालिकाकाले जिल्ला समन्वय ईकाई मुगुमा फाईल अगाडी बढएको छ ।

सरुवा रोक्नको लागि पटक पटक लिखित र मौखिक जानकारी दिदा दिदै पनि वेवास्ता गदै बिद्यालय ब्याबस्थापन समितिले माघ ३० गते बैठकबसी सरुवाको एकलौटी निर्णय गरिएको शिक्षक कँडेलले बताए । जगतमाला माध्यामिक विद्यालयका प्रधानध्यापक डिल्लीराम सापकोटाका अनुसार शिक्षक सरुवाको लागि शिक्षा नियामवली अनुसुचि १७ अनुसार दुवैको सहमति हुनु पर्ने हो र तर यहाँ बसन्तराज कँडेलको सहमित बेगर बिद्यालय ब्यबस्थापन समितिले स्थानीय शिक्षकलाई ल्याउन खोजेको र शिक्षक पनि आउन खोजेकाले निर्णय गरिएको बताए । दरबन्दी खाली भएको भए बिद्यालय ब्याबस्थापन समितिले जुन निर्णय गरेको थियो नियमसम्मत हुने तर दरबन्दी खाली नभएको अवस्थामा शिक्षक सरुवा गराउन एक जना शिक्षकको सहमती नभएकाले स्थानीय शिक्षकको दवावमा यताबाट निणर्य भई गहेको र जिल्ला शिक्षा समन्वय ईकाइले नियम कानुन हेरेर काम गर्ने प्रधानध्यापक सापकोटाले बताए ।

सोरु गाउँपालिका शिक्षा अधिकृत निर्मल सापकोटाकाले शिक्षक सरुवाको आधिकारीक निकाय बिद्यालय ब्याबस्थापन समिति भएको बताउदै दुवै विद्यालय र दुवै गाउँपालिकाका शिक्षा शाखाको अनुमती सहमतीमा फाईल अगाडी बढे्को बताए । यता सोरु गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीका अनुसार शिक्षक सरुवाको चलखेल राजनैतिक कारण भएको बताए । नियम सम्बध शिक्षक सरुवा सहमति वेगर हुदैन कसरी यस्तो निर्णय भएको हो यसको बारेमा बुझने र जिल्ला शिक्षा समन्वय ईकाइ संग छलफलगरिने बताए ।

जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख सुर्य बहादुर खत्रीका अनुसार कार्यलयको काम बिशेषले आफु जिल्ला बाहि भएको र शिक्षक सरुवाको फाईल आफु कहाँ नआएको बताए । उनले पनि दबरबन्दी रिक्त भएको भए बिद्यालय ब्याबस्थापन समितिले निर्णय गरेमा सरुवा दिने हो, तर बिद्यालयमा रिक्त दरबन्धी नभएको र दुवै जनाको सहमति पनि नभएको भए गाह्रो हुने बताए । आफुकहाँ फाईल आएमा कागजात हेरी हुने नहुने र नियमसम्बद्ध काम गरने ईकाइ प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया