करैयामाईको गाँउ सभामा ४४ करोड ५५ लाख बजेट प्रस्तुत

बारा । जिल्लाको करैयामाई गाउँपालिकाको कार्यालय करैया बारको सभाहलमा गाउँपालिकाको सातौँ बिशेष गाउँ सभा आज सम्पन्न भएको छ । फाल्गुन ५ देखि ७ गते सम्म सञ्चालनमा रहेको सातौं गाउँ सभा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा भएको सो सातौँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले आर्थिक वर्ष २०७७।७८ को बजेट गाउँ सभामा प्रस्तुत गरेका थिए । चालु खर्च तर्फ ६ करोड , ९८ लाख , ३ हजार ,५ सय पचाँस र पुजीगत खर्च तर्फ ३७ करोड, ५७ लाख, ५० हजार गरी कुल ४४ करोड ,५५ लाख ४३ हजार ५ सय पचाँस रूपैया को बजेट सातौँ बिशेष गाउँ सभामा प्रस्तुत गरेका छन ।

सो गाउँ सभामा करैयामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, लेखा अधिकृत बंजरगी जयसवाल, वडा नं।१ को वडा अध्यक्ष सोनालाल साह, वडा नं ३ का वडाध्यक्ष देवेन्द्र प्रसाद केशरी, वडा नं ४ की वडाध्यक्ष जनाबी खातुन , वडा नं ५ का वडाध्यक्ष उमेश प्रसाद चौधरी, वडा नं ६ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं ७ को वडाध्यक्ष बृज प्रसाद चौधरी, वडा नं ८ को वडा अध्यक्ष सुरेन्द्र साह गाउँपालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरू,गाउँपालिका सदस्य, वडा सदस्य, बुद्धिजिवी राजनितिक दल लगायत सञ्चारकर्मीहरूको बिशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया