पाँचथर । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति सदस्यहरुले पदभार सम्हालेका छन् । बिहीबार जिसस पाँचथरको कार्यालय माथिल्लो तलामा पदभार सम्हालेका हुन् । आयोगको कार्यालय पनि उद्घाटन गरीएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कार्यालय उद्घाटन र पदाभार गराए ।
नेपाल सरकारको सिफारिसमा महिला नेतृ करुणा राई अध्यक्ष भएको विज्ञ सदस्यहरुले पदभार सम्हालेका हुन् । विज्ञ सदस्य देविप्रसाद कोइराला, जयप्रकास केरुङहरुले जिम्मेवारी वहन गरेका छन् ।
मन्त्री नेम्वाङले आयोगका जिल्ला समितिका अध्यक्ष करुणा राई र कसदस्य कोइरालालाई खादा र अविरले कार्यकालको शुभकामना दिँदै पदभार गराए । मन्त्रीसमक्ष आयोग जिल्ला समितिले गरेको निर्णय अध्यक्ष राईले पढेर सुनाएकी थिइन् ।
समस्या समाधान गर्न निमावलीअनुसार आयोगमा पदेन सदस्यहरु चयन गरिएको छ । मालपोत, वन, नापी, जिसस समन्वय अधिकारीर रकार्यालयका प्रमुख रहेको समितिले जनाएको छ ।
जिल्लाका उक्त समस्या समाधन गर्ने भनिएको छ । उक्त समारोहमा बोल्दै मन्त्री नेम्वाङले नेपाल सरकारले कोही भोकै र जंगलमा नबसुन् भन्दै देशैभर उक्त आयोग गठन गरिएको बताए । उक्त समारोहमा मन्त्री नेम्वाङले भूमिसम्बन्धि समस्या समाधान आयोगको अवस्था र औचित्यका विषयमा प्रकाश पारेका थिए ।
सबै सरोकारवाहरुले स्थायिन तहसम्म समन्वय गरी काम गर्न निर्देशनसमेत दिए । समस्या हल गर्न असहजिलो भएमा केन्द्रिय सरकारसमक्ष राय माग्न भनेका छन् । जिसस प्रमुख विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा भएको समारोहमा नगर प्रमुख, कार्यालय प्रमुख, सुरक्षा अधिकारी, केही रानैतिक दलका प्रमुखहरुको सहभागिता थियो ।
प्रतिक्रिया