कालिकोट । ‘सत्यतथ्य, निषपक्ष पत्रकारिता जिम्मेवार र जवाफदेही पत्रकारिता’ भन्ने मुल नाराका साथ नेपाल पत्रकार महासंघ कालिकोटको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता, कर्णाली प्रदेश सरकार सदस्य तथा संसदीय दलका सचेतक कुर्मराज शाहीको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुर्णचन्द्र चौलागाँई, पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले पत्रकारका कलम नचलेको भए आज पन्चायती व्यवस्था नहट्ने तथा शासन पद्धति परिवर्तनका लागि पत्रकारले ठूलो भूमिका खेल्नुपर्ने बताए । साथै, भौगोलिक कठिनताका बावजुत पनि बिकट जिल्लामा रहेर पत्रकारीताका माध्यमबाट नागरिकहरुलाई सत्यतथ्य सूचना तथा समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिए ।
शाहीले पत्रकारले तथ्यमा रहेर समाचार लेख्नुपर्ने बताउँदै केही मिडिया र पत्रकारहरुले तथ्यहिन समाचार लेखेको भन्दै पत्रकार बार्गेनिङमा नलाग्न आग्रह गरे । पत्रकार राज्यको चौथो अंग भएकाले सबै नागरिकहरुलाई न्यायपूर्ण रुपमा समाचार सम्प्रेषण गरि तथ्य खोजी गर्नुपर्ने पनि शाहीले बताए ।
नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले नागरिकलाई सुसूचित गर्नका लागि कलम चलाउने पत्रकारहरुलाई वर्तमान असुविधाका कारण वास्तविक घटनालाई सही समयमा सम्प्रेषण गर्न कठिनाई भएको बताए ।
साथै, उनले भौगोलिक विकटताका कारण पनि जिल्लामा रहेर पत्रकारीता गरेकोमा पत्रकारहरुलाई धन्यवाद दिँदै अधिकारीले आगामी दिनमा पत्रकार सुदृढीकरणलाई निरन्तरता दिदै नयाँ र क्रियाशील पत्रकारको क्षमता विकासमा जोड दिनु पहिलो प्राथमिकता रहेको बताए ।
त्यस्तै, पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले पत्रकार आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिँदै पत्रकार र पत्रकारीता पेशालाई थप मर्यादित बनाउन पहल गर्नु आवश्यक रहेको बताए । उनले अब कालिकोटमा खोज पत्रकारीतालाई प्रोत्साहन गर्न कार्यक्रम संचालन गर्ने र निष्पक्षताको खोजिमा पत्रकार दाैडिनु पर्ने बताए ।
नेपाल पत्रकार महासंघ कालिकोटको वर्षको प्रगति प्रतिवेदनमा विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । महासंघको भवन थप व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई आर्थिक प्रतिवेदनसमेत दिईएको छ । आर्थिक वर्ष २०७६–०७७ मा ३७ जना नयाँ सदस्य नेपाल पत्रकार महासंघ कालिकोटमा सिफारिस गरिएका छन् । ३ वर्षको अवधीमा १८ पटक नेपाल पत्रकार महासंघ कालिकोटको बैठक बसेको छ ।
प्रतिक्रिया