आरन पेशा प्रर्वद्धनमा जोड

मुगु । हिमाली जिल्ला मुगुमा आयतित सामग्रीको प्रयोगसँगै आरन पेशा लोप हुँदै गहेको छ । लोप हुँदै गइरहेको आरना पेशालाई आधुनिकिकरण गर्दै व्यावसायिक बनाउन छायाँनाथ रारा नगरपालिकाका एक जनप्रतिनिधिले आरन पेशा प्रर्वद्धनको लागि कार्यक्रमको थालनी गरेका छन् ।

छायाँनाथ रारा नगरपालिका– १३ का वडा अध्यक्ष चक्र बहादुर साँवतले लोप हुँदै गएको आरन पेशालाई आधुनिकिकरण गर्दै व्यावसायिक बनाउनेतर्फ लागिपरेका हुन् । पुराना सामग्रीको लोप हुँदै गएको र आयतित सामग्रीको प्रयोगसँगै आरन पेशालाई व्यवसायिक गरी बेरोजगार वर्गलाई स्वरोजगार बनाउन जोड दिएर समाजमा स्थापीत गर्ने जस्ता कार्यक्रम थालनी गरीएकोे वडाध्यक्ष साँवतले बताए ।

उनले छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका ८७ बस्तीमा आरना पेशा गर्दै आएका र सामग्री अभावमा पेशा व्यावसाय छोडेका उद्यमीलाई विशेष प्रथामिकता दिएर सामाग्री सहयोग गर्ने बताए ।

मंगलवार एक कार्यक्रमकाबीच छायाँनाथ रारा नगरपालिका– १३ लुमका ७० वर्षिय वृद्ध हर्क कामी र सोही वडाकै रुगा गाउँका गोर बहादुर कामीलाई आरन पेशामा आवश्यक पर्ने सामानहरु हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको छ ।

विगत लामो समयदेखि आरन पेशा गर्दै आएका र सामग्री अभावमा पेशा छोड्न बाध्य भएका दुई जनालाई आरना पेशामा आवश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सँरासोलगायत सामग्री हस्तान्तण गरि कार्यक्रमको सुरुवात गरेको वडाध्यक्ष साँवतले जानकारी दिए । आफ्नो व्यक्तिगत लगानीमा नगरपालिका भित्रका उद्यमी दलित वर्गहरुलाई यो सामान वितरण गरिने छ ।

सामान बुझ्दै ७० वर्षिय बृद्ध हर्क कामीले पहिला आफूहरु छालाको माध्यामबाट आरन पेशा गर्दै आएको र बाजेको पालादेखि यो पेशाबाट घर खर्च र छोराछोरीहरुकोपठनपाठन हुन्थ्यो । यसरी नै गुजारा चलिरहेको भए पनि सामग्री अभावमा आरन पेशा छोड्न बाध्य भएको बताए ।

आयतित सामग्रीको बढ्दो प्रयोगले गर्दा पेशा धरापमा छ । यसैबीचा वडाध्यक्ष साँवतका अनुसार छायाँनाथ रारा नगरपालिकाकामा गरिब विपन्न, असहाय र टुहुरा व्यक्तिलाई आफ्नो व्यक्तिगत लगानीबाट कम्बललगायत न्यानो कपडा वितरण गरिने पनि जानकारी दिए । नगर भित्रका १४ वडाका न्युन आयस्रोत भएका व्यक्तिलाई चिसो बढ्दै गएसँगै चिसो छल्न कम्बल वितरण गरिने बताए ।

प्रतिक्रिया