आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीमा पुगिन सुष्मा कार्की

फाइल तस्विर

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै प्रहरीकोमा पुगेकी छन् । उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको जनाएकी छन् । आफूमाथि दुव्र्यवहार भएको समयमा स्वेता र श्रीमान पनि साथमा रहेको उनको भनाई छ ।

‘हिजो आफू माथि अभद्र व्यवहार भएको भन्दै आउनु भएको थियो। हामीले अनुसन्धान गरिरहेका छौँ,’महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।

कलाकार कार्कीले आफूलाई एक जना पत्रकार सहित एक महिलाले कुटपिट तथा अभद्र व्यवहार गरेको बताएकी छिन्। तर अहिलेसम्म उनले कुनै लिखित उजुरी दिएकी छैनन्।

‘उहाँले उजुरी नदिए पनि हामीले अनुसन्धान त गर्नै पर्ने भयो नी। अनुसन्धान भइरहेको छ,’ एसपी बस्नेतले भने।

प्रतिक्रिया