फिदिम माविको नमुना विद्यालय निर्माणमा तिव्र

पाँचथर । फिदिम मावि नमुना विद्यालयको निर्माण तिव्ररुपमा अघि बढेको छ । फिदिम नगरपालिका– १ बजारको एक मात्र नमुना फिदिम मावि निर्माण हुन लागेको हो ।

संघीय नेपाल सरकारको करिब तीन करोड रुपैयाँको लागतमा भौतिक भवन निर्माण हुँदै गरेको उक्त माविका प्रअ विनोद कुमार ठाकुरले जानकारी दिए ।

निर्माणधिन उक्त भवनलाई, खनाल अधिकारी जेवि फिदिम २ पाँचथरले तिव्ररुपमा निर्माण गरीरहेको छ । उक्त भवन १२ कोठे पक्की सुविधासम्पन्न बन्ने निर्माण कम्पनिका आधिकारिक प्रतिनिधि दिननाथ अधिकारीले बताए ।

अधिकारीका अनुसार २०७७ पुस तेस्रो हप्तादेखि निर्माण सुरु गरिएको थियो । उक्त भवन निर्माण २०७८ मंसिर १४ गते निर्माण सम्पन्न गर्ने लक्ष रहेको कम्पनिका प्रतिनिधि अधिकारीको भनाइ छ ।

हाल फिदिम माविले महत्वपूर्ण सूचनाको लागि आईटी सेवाको समेत विस्तार गरी अडियो नोटिसवोड सेवा सञ्चालन गरेको छ । विद्यालयको सूचना प्राप्त गर्न १६१८०२४५२०२००१९ नम्बरमा सम्पर्क गर्न भनिएको छ ।

विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले बालबालिकाहरुलाई कक्षाकोठामा प्रत्यक्ष डिजिटल तथा अनलाईन प्रविधिद्वाारा अध्यापन गराउँदै आएको छ । निर्माणाधिन सुविधासम्पन्न नमुना विद्यालय बनेपछि बालबालिकाहरुले थप गुणस्तरीय शिक्षा पाउने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया