भैंसीको गोठमा आगलागी

जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीको गोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीको गोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर गोठ र एक पाडो जलेको हो ।

उक्त आगलागीमा कुनै मानवीय क्षति नभए पनि गोठ र चौपाया गरी करीब रु दुई लाखको क्षति भएको पीडित बिल्टुले बताए । वारुणयन्त्र र अन्य पानी निभाउने साधनको अभावमा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया