मुगु । कर्णाली प्रदेश धार्मिक तथा पर्यटकीय क्षेत्रले भरीपूर्ण छ । तर, कर्णालीमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार नहँुदा कर्णालीमा रहेका पर्यटकीय सम्भावना बोकेका अधिकांश क्षेत्र ओझलमा परेका छन् । ओझेलमा रहेका जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा रहेको तातोपानी, मुगुको सोरु गाउँपालिका–८ जिमामा रहेको तातोपानी, छायानाथ रारा नगरपालिका–१३ भैसी कुनतातोपानी र हुम्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको खार्पु तातोपानी छन् । कर्णाली प्रदेशका तातोपानी धारा, कुवा कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् । यस्ता यी कुवा, धारामा नुहाएमा कर्णाली प्रदेशका तीन जिल्ला मुगु, जुम्ला र हुम्लामा तातोपानी आउने धारा कुवा छन् तर यस्ता तातोपानीको प्रचारप्रसारको अभावले ओझलमा छन् ।
कर्णालीका यस्ता तातोपानीमा स्नान गरे बाथ रोग, सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने हाडजोर्नीका समस्या, राँगान, शरीर चिलाउने, अनुहारको चाँयापोतो पेटसम्बन्धी रोग निको हुने र हाडसम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।
कर्णालीका तातोपानी धाराको प्रचारप्रचार हुनसके अभैm धेरै पर्यटक आउने स्थानीयको भनाइ छ । गर्मी सिजनभन्दा चिसो मौसममा तातोपानी धारामा नुहाउन तथा घुम्न जानेको संख्या बढ्ने गर्दछ ।
मुगुको सोरु गाउँपालिकाको जिमातातोपानी र छायानाथ रारा नगरपालिकाको भैँसी कुनतातोपानी, जुम्लाको तातोपानी गाउँपालिकाको जर्मी गाउँमा रहेको तातोपानी र हुम्लाको खार्पुनाथ तातोपानी कुवा, धारामा बाहै्र महिना तातोपानी बगिरन्छ । बिराम लागे तातोपानी कुण्डमा स्नान गरेमा विशेष गरी बुढापाकाहरूलाई तातोपानीले धेरै फाइदा हुने स्थानीयको भनाइ छ । सामान्य बिरामी लागेका मान्छे तातोपानीमा स्नान गरे निको भएको महसुस गरी घर फिर्ता हुने गरेको तातोपानी गाउँपालिका–२ जुम्लाका छक्कबहादुर बुढाले बताए ।
तर, मुगु, हुम्ला र जुम्लाका तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन् । अरू जिल्लाका तातोपानी धाराभन्दा जुम्लाको तातोपानीमा दैनिक नुहाउन आउनेको संख्यामा वृद्धि भए पनि उचित व्यवस्थापन हुन सकेको छैन । अरू जिल्लाका तातोपानीभन्दा जुम्ला तातोपानी धारामा स्नान गर्न जाँदा नियम बनाइएको छ । जिल्ला भित्रका लागि २० र बाहिर जिल्लाका लागि ३० रुपैयाँ शुल्क लिने गरेको भए पनि धारा भने व्यवस्थित छैनन् । अन्य जिल्लामा नियम पनि छैन र धारा कुवा झनै व्यवस्थित छैनन् । कर्णाली प्रदेशमा राराताल, मानसरोवर, चन्दननाथ मन्दिर, छायानाथ मन्दिर मात्रै होइन यस्ता तातोपानी कुण्ड पनि छन् । कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले कर्णाली प्रदेशका तातोपानीमा पर्यटक भित्र्याउन खासै चासो देखाएको पाइँदैन ।
प्रतिक्रिया