मुगु । हिमाली जिल्ला मुगुमा हुड्के नाच्दै देउडा गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै देशभर विरोध प्रदर्शनका कार्यक्रम भइरहेका बेला नेपाली कांग्रेस मुगुको भ्रातृ संस्था नेपाल तरुणदल, नेविसंघ, दलित संघ, महिला संघलगायत भ्रातृ संस्थाको आयोजनामा हुड्के नाच्दै देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।
नेपाली कांग्रेस मुगुका पार्टी उपसभापति खगेन्द्रबहादुर मल्लका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधान विपरीत भएको र संविधानमाथि बलात्कार गर्ने राष्ट्रघाती केपी शर्मा ओली भएको भन्दै विरोधमा उत्रिएको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरिब जनताको पसिना र सहिदको रगतले लेखिएको संविधानको अपमान गरेका छन् ।’
कार्यक्रममा अधिकांश वक्ताले केपी ओलीले राष्ट्रविरोधी कदम चालेकाले देश बचाउन अब कांगे्रसको आवश्यकता देखिएको बताएका छन् । नेपाली कांग्रेसले संविधानको रक्षाका लागि आफूहरूले विरोध गरेको नेता तथा कार्याकताले बताएका छन् ।
प्रतिक्रिया