सिन्धुली । नेपाली कांग्रेसको १३ भातृ संघ सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्ध आज विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस सिन्धुलीको पार्टी कार्यलयबाट र्याली निकाली सिन्धुलीमाढी बजार परिक्रमा गरि सिन्धुली बसपार्कको चौतारामा कोणसभामा परिणत भएको थियो ।
महिला संघ सिन्धुलीकी अध्यक्ष गंगा दाहालको अध्यक्षता तथा पूर्व जलस्रोत मन्त्री एनपी साउथको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल प्रसाद बराल, कांग्रेसका नेता माणिक ढकाललगाायतका जिल्लाभरका ३ हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागितामा विरोध प्रदशर्न गरिएको नेपाली कांग्रसेका नेता तथा कमलामाई नगरपालिका ४ का वडाध्यक्ष महेन्द्र ढकालले जानकारी दिए ।
उक्त विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउथले जनताले ल्याएको संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकारमा नभएको बल प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको बताए ।
‘जनताले ठूलो राजस्व खर्च गरेर ५ वर्षका लागि प्रतिनिधि पठाएका थिए’, उनले भने, ‘जसलाई नेकपाका नेताहरुले आपसमा झगडा गरेर व्यक्तिगत स्वार्थका लागि प्रतिनिधिसभा विघटन गरे ।’ नेपाली कांग्रेसले अदालतको निणर्यको स्वागत गर्ने बताउँदै उनले कांग्रेस सत्ताको लालचमा नरहेको जिकिर ।
कांग्रेस संविधान लक्षित रहेकाले चुनावमा जाने फैसला भएमा जनतामाझ जाने पनि उनले बताए । उक्त विरोध र्यालीमा ‘प्रतिनिधिसभा विघटन खारेज गर’, भष्ट्राचार सरकार मुर्दावाद लगाायतको नारा लगाएका थिए ।
प्रतिक्रिया