मुम्बई । भारतीय हास्य कलाकार कपिल शर्मालाई दोस्रो सन्तानका पुत्रलाभ भएको छ । उनले आज ट्विटरमा लेखेर श्रीमती गिन्नी चतरथले छोराको जन्म दिएको बताएका हुन् । यसअघि सन् २०१९ मा शर्मा परिवारमा छोरीको जन्म भएको थियो।
हास्य कलाकार शर्माले ट्विटरमा उक्त कुराको जानकारी दिदैँ भनेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो छोरोको जन्म भएको छ, भगवानको कृपाले बच्चा र आमा दुवै स्वस्थ छन्, तपाईंको सबै प्रेम, आशिस र प्रार्थनाका लागि धेरै धेरै धन्यवाद ।’
प्रतिक्रिया