सुदूरपश्चिममा कोरोनाको खोप अभियान सुरु

धनगढी । सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्।

काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि सुदूरपश्चिममा अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्।

उनले सेती प्रादेशिक अस्पतालसहित प्रदेशका ९ वटा खोप केन्द्र मार्फत अभियान सुरु भएको घोषणा गरे। प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन्।

भारतले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरसविरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ।

प्रतिक्रिया