पाल्पाको हुमिनमा ग्लोबलआइएमईको शाखा रहित सेवा

काठमाडौ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । शाखा रहित बैंकिग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिग सेवा संख्या २ सय ४५ पुगेको छ । बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिनमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोजबहादुर बिकले गरेका हुन । उक्त शाखारहित बैंकिग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्तगरिएको छ ।

शाखारहित बैंकिग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानीगर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने पनि बैकले जनाएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ति स्थानमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलनकाउण्टर, २ सय ४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया