इसेवा १२ औँ वर्षमा

काठमाडौ । सेवा प्रदायक कम्पनी ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । यो अवधिमा इसेवाले मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठुलो योगदान दिन सफल भएको जिकिर गरेको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । त्यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट रहेका छन् । इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

१२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले सिमित भएको मोबाईललाई वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएको बताएका छन । इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ६ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको पनि बताएको छ ।

प्रतिक्रिया