आजदेखी राष्ट्र बैकको विकास ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि विकास ऋणपत्रको बिक्री खुलाउने भएको छ । १० अर्बको ७ वर्षे विकास ऋणपत्र, २०८४ बोल कबोल मार्फत बिक्री गर्ने भएको हो । अनलाइनमार्फत बिक्री बोलकबोलका लागि आवेदन खुलाउने बैंकले जानकारी दिएको छ । ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउने छन् ।

यसको लागि ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा समेत लिन पाइनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत छुटयाएको छ । ८ दशमलव ५ अर्ब प्रतिस्पर्धीका लागि र १ दशमलब ५ अर्ब अप्रतिस्पर्धीका लागि छुट्याइएको बैंकले जनाएको छ । ऋणपत्रको खरिद सीमा न्यूनतम ५० हजार रुपैयाँ तोकिएको छ । बढीमा निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरीद गर्न पाउने पनि उल्लेख छ ।

प्रतिक्रिया