प्रदेश १ मा आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा आयोजित विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा लाभग्राही, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवं सदस्य लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो । चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिडले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोशको मुख्य उद्देश्य रहेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोशबाट आवेदकलाई जनही ५० हजार रुपैयाका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेको पनि आइएमइले जनाएको छ । कोभिड– १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोशको स्थापना गरेको पनि जनाएको छ ।

प्रतिक्रिया