कोरोनाबाट स्वास्थ्य मन्त्रालयका पुरुष कर्मचारीको मृत्यु

काठमाडौं । स्वास्थ्य मन्त्रालयका एक पुरुष कर्मचारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

ललितपुरस्थित गोदावरीका एक ५१ वर्षीय कृष्ण गोपाल श्रेष्ठको आज वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया