इटहरीमा किया र इसुजुको शोरुम

काठमाडौ । इटहरीमा किया र इसुजुको शोरुम खुलेको छ । किया र इसुजुको नेपालको लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले ओमसाइ मोटो कर्पलाई इटहरीमा डिलरको अनुमति दिएको हो । ओम साई मोटो कर्पले विगत ३ वर्षदेखि अटोमोवाइल क्षेत्रमा काम गरिरहेको छ ।

कम्पनीले अबको केही महिनामै दुवै गाडीको सर्भिस सेन्टर बनाउन लागेको कम्पनीका प्रवन्ध निर्देशक पारशमणी गेलालले जानकारी दिएका छन । ग्राहकको सुविधाको लागि ओम साई मोटो कर्पले सहज फाइन्यान्सिङ, विशेष नगद छुट र एक्सचेन्जको समेत व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया