नाइजेरियामा बन्दुकधारीको आक्रमण, ६ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम भागमा पर्ने कुदुना राज्यमा अपरिचित बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा ६ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सरकारद्वारा नियन्त्रित दुईओटा इलाकामा भएको यस आक्रमणमा परी ६ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका जनाइएको छ ।

उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।

यस घटनाको अनुसन्धान सुरु भएको अरुवानले बताएका छन् । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।

प्रतिक्रिया